रिहा भएपछि रामकुमारी झाँकीले भनिन्–’सरकारले दबाब थेग्न सकेन,प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ’


काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।

बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमान पशुपती पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन्न् ।
रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन्, ‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’ ।
करीव ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनलाई रिहा गरिएको हो ।

Nabintech