• १३ बैशाख २०८१, बिहीबार
‘प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो’:प्रचण्ड


काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरेको बताएका छन् ।
बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरेको बताएका हुन् ।

कमरेड रामकुमारी झाँक्रीलाई पुलिसले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’प्रचण्डको भनाई छ ।

‘हामीले रोक्न बल गर्यौं हिजो बेलुकासम्म पनि । उनीहरुले जबरजस्ती पक्राउ गरेर लगेका छन् । यो कम्युनिस्ट पार्टीप्रति हमला भएको छ’, प्रचण्डको भनाई छ । उनले यस घट्नालाई लोकतन्त्रको पक्षमा प्रखर विचार प्रकट गर्नेलाई प्रहार गरेको पनि बताएका छन् ।

Nabintech