• १३ बैशाख २०८१, बिहीबार
आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम:प्रचण्ड–नेपाल समूह


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीको अविलम्ब रिहाइको माग गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन् ।

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गिरफ्तार गरिएको र यसले सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको नेकपाको ठहर छ ।

“लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन,’’ विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःसर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’’

विज्ञप्तिमा पक्राउको निन्दा गदै उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ ।

Nabintech