• १६ चैत्र २०८०, शुक्रबार
कर्णाली प्रदेशले गर्यो ६ महीनामा ९० करोड राजस्व संकलन


२९ माघ, सुर्खेत । आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्णाली प्रदेशले उत्साहजनक राजस्व संकलन हुन थालेको छ । कोरोनाको प्रभाव कम भएसँगै विस्तारै आर्थिक क्रियाकलाप चलायमान हुन थालेपछि आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतले पछिल्लो ६ महीनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व असुली गरेको जानकारी दिएको छ । कोरोना महामारीका बाबजुद आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा २८ करोड ३७ लाख ६ हजार रुपैयाँ बढी राजस्व असुली भएको छ।

पछिल्लो ६ महीनामा विभागबाट ६२ करोड २९ लाख १ हजार लक्ष्य पाएकोमा १४५ दशमलव ५५ प्रतिशत अर्थात ९० करोड ६६ लाख ७ हजार रुपैयाँ असुली गरेको हो ।

राजस्व कार्यालय अनुसार पछिल्लो ६ महीनामा आयकर तर्फ ५३ करोड ८८ लाख ८९ हजार, घर बहाल कर ३ करोड १ लाख ६० हजार, व्याज कर २ करोड ३२ लाख ७७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २९ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ १ करोड ८७ लाख ८३ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली थियो ।

Nabintech