एपीएफको फराकिलो जित


काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार आठौं जित हात पारेको छ । बुधबार भएको खेलमा साविक विजेता एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० ले पराजित गरेको हो ।

एपीएफको फराकिलो जितमा सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेतले दुई गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले खेलको छैठौं, ३३ औं, ४७औं, ६०औं, ६२ औं र ७९ औं मिनेटमा गोल गरिन् ।

जारी लिगमा सावित्राको गोल संख्या ३८ पुगेको छ । अनिता बस्नेतले खेलको पहिलो र ५४ औं मिनेटमा गोल गरिन् । चन्द्रपुर विरुद्धको पहिलो खेल एपीएफले ६(० ले जितेको थियो ।

लिगमा शतप्रतिशत जित हात पारेको एपीएफले ८ खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५ अंकको अग्रता बनाएको छ । आर्मी समान खेलबाट १९ अंकसहित दोस्रोमा छ ।

Nabintech