मुद्दती निक्षेप अर्थात फिक्स डिपोजिट के हो ? किन छ आवश्यक ?


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आम नागरीकबाट पैशा संकलन गर्ने गर्दछन् । उक्त संकलन गरेको बचत बैंक वित्त कम्पनीले लगानी गर्दछन् ।

आम नागरीकले बैंक तथा वित्त कम्पनीमा डिपोजिट अर्थात जम्मा गरेको पैशा नै निक्षेप हो । सामान्यतया निक्षेप चार किसिमका हुन्छन्, साधारण बचत अर्थात सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट ।

मुद्दति निक्षेप अर्थात फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेप निश्चित अवधिका लागि बैंकमा जम्मा गरिने रकम हो । यसरी संकलन गरिएको रकम बैंकहरुले लगानीका क्षेत्रमा प्रयोग गर्छन् र बचतको समयावधि सक्किएपछि बचत गरिएको रकम तोकिएको व्याजसहित फिर्ता गर्दछन् ।

मुद्दति निक्षेपमा अरु निक्षेपको तुलनामा बढी व्याज प्राप्त हुन्छ । बैंकहरुले निश्चित समयावधि तोकेर मुद्दति निक्षेपका विभिन्न योजनाहरु समेत ल्याएका हुन्छन् ।

संस्थामा लगानीयोग्य पुँजी कम भएको अवस्थामा निक्षेपलाई आकर्षित गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यस्ता योजना ल्याउने गर्दछन् । फिक्स डिपोजिट गरिएको रकम निर्धा्रित अवधि नसकिँदासम्म चलाउन पाइँदैन ।

किन गर्ने फिक्स डिपोजिट ?

कुनै पनि व्याक्तिसँग पैशा छ, तर कतै लगानी गर्ने उपयुक्त ठाउँ नभेटिएको खण्डमा त्यस्ता व्याक्तिले बैंकमा फिक्स डिपोजिट गर्नु राम्रो हुन्छ । अरु खाताको तुलनामा बढी व्याज पाइने भएकाले केही नगरी रकम बढीरहेको हुन्छ ।

बैंकहरुले तीन महिना, चार महिना, छ महिना, नौ महिना, एक वर्ष जस्ता विभिन्न समयावधिका मुद्दति खाता संचालन गरिरहेका हुन्छन् । यदि, तीन महिनासम्म कतै लगानी गर्ने ठाउँ छैन भने तीन महिने मुद्दति खाता खोल्नु उपयुक्त हुन्छ । यसो गर्दा, तीन महिनासम्म उक्त रकम सुरक्षित बस्ने मात्र नभएर साथमा व्याज समेत प्राप्त हुन्छ ।

साधारण, बचत वा चल्ती खातामा जम्मा गरिएको रकम ग्राहकले कारोबार गरिरहने भएकाले उक्त रकम बैंकहरुले लगानी गर्न मिल्दैन । यद्यपि, फिक्स डिपोजिटमा निश्चित अवधिका लागि रकम राखिने भएकाले उक्त अवधिसम्मका लागि बैंकहरुले लगानी गर्दछन् ।

Nabintech