• १३ बैशाख २०८१, बिहीबार
अर्थतन्त्र लयमा फर्कदै, ५१.९३ प्रतिशत उद्योग आए संचालनमा


काठमाडौं । कोरोनाका कारण बन्द भएका उधोग धन्दा पुनः संचालनमा आउँन थालेका छन् । लामो समयको लकडाउन तथा निषेधाषाका कारण पूर्ण रुपमा बन्द भएका उद्योगधन्दा कोभिडको प्रभाव कमहुदै जादा पुनः संचालनमा आउँन थालेका हुन् ।

असारमसान्तसम्म ६१ प्रतिशतभन्दा बढी बन्द रहेका उद्योगहरू मध्येका ९.१ प्रतिशत उद्योग अझौसम्म सञ्चालनमा आउन सकेका छैनन् । कोभिडका कारण बन्द भएका करिब ५१.९३ प्रतिशत उद्योग मात्र यतिबेला संचालनमा आएका छन् ।

कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षणले २०७७ असारमा ४.१ प्रतिशतमात्र उद्योग व्यवसायमात्र पूर्ण रुपमा सञ्चालमा आएको देखाएको थियो ।

पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको अर्थ सचिव शिशिरकुमार ढुंगानाले बताए । ‘अर्थतन्त्र लयमा फर्कदै छ,’ उनले भने ‘ हामीले चाहेको आर्थिक वृद्धि हासिल गर्न नसकेपनि औसतमा आर्थिक वृद्धिदर कायम गर्न अप्ठ्यारो पर्दैन ।’

५ महिनाको यो अवधिमा पूर्ण रुपमा सञ्चालन भएको उद्योगको बढेर ५.४ प्रतिशत पुगेको छ । अध्ययन प्रतिवेदनमा जम्मा ४.१ प्रतिशत उद्योग व्यवसायमात्रै सञ्चालनमा आएका थिए । पछिल्लो समय आंशिक रुपमा सञ्चालन भएका उद्योग व्यवसाय पनि बढेर ३६.९८ प्रतिशत पुगेको छ । असारमा ३४.९२ प्रतिशतमात्र उद्योग व्यवसाय आंशिक रुपमा सञ्चालनमा थिए ।

कोभिडका बेला उत्पादन कारोबार पनि घटेर २८.७७ प्रतिशतमा सीमित रहेको थियो । अहिले उत्पादित वस्तुको कारोबार बढेर ५०.५१ प्रतिशत पुगेको बजेट अर्धवर्षिक समीक्षामा उल्लेख गरिएको छ ।

त्यस्तै रोजगकारी कायम रहेको अवस्थामा पनि सुधार भएर ८७.५१ प्रतिशत पुगेको छ । त्यति बेला ७७.५ प्रतिशतकोमात्र रोजगारी कायम रहेको थियो ।

Nabintech