ओलीलाई प्रचण्डको चेतावनी:‘१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ’


काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल )समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए । उनले भने, ‘जनताप्रति हाम्रो ठूलो आस्था छ ।’ उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे ।

नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले भोगेको बताए । उनले ५० औं वर्ष सँगै काम गरेकाहरुलाई अन्याय गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथलाई यस्तो अपमान किन ?’

उनले ओलीले बिहान माधव नेपाललाई बोलाएर प्रधानमन्त्री बनाउने,बेलुका वामदेवलाई बनाउने भन्ने कुराले उनको नाटकको पर्दाफास भएको बताए ।

 

Nabintech