• १५ चैत्र २०८०, बिहीबार
डिप्रोक्स लघुवित्तको नाफा ३१.२१ प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको मुनाफा बढेको छ ।

पुष मसान्तसम्म लघुवित्तले ३२ करोड ४० लाख मुनाफा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३१।२१ प्रतिशत बढि हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ६९ लाख १५ हजार रुपैयाँ मुनाफा गरेको थियो । संस्थाको ब्याज मुनाफा र राइट ब्याक रकम बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो ।

दोस्रो त्रैमासम्म ब्याज मुनाफा ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाले १ अर्ब ४५ करोड २६ लाख ७९ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

यसअवधिमा संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । साथै कम्पनीको कम्पनीको खराब कर्जा समेत घटेको छ ।

पुष मसान्तसम्म प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६६ पैसा छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ छ ।

जगेडा कोषमा १ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५ अर्ब ७८ करोड ५२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब ८४ करोड २४ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Nabintech