प्रभु बैंक १० अर्बको ऋणपत्र निष्कासन अनुमति माग्दै गयो बोर्डमा, ब्याजदर कति ?


काठमाडौं । प्रभु बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले माघ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो ।

बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब बराबरको ‘१० वर्ष, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर , २०८७’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

Nabintech