ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ १३ लाख बढिले भरे


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १३ लाख बढि लगानीकर्ताले आवेदन दिएका छन् ।

आज माघ २७ गते आईपीओ भर्ने अन्तिम भएकाले लगानीकर्ता ओइरो लागेको हो । अन्तिम दिन बेलुका ४:३० बजेसम्ममा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।

यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ७.३० गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थोरै तलमाथि हुन सक्नेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

Nabintech