६ खर्बले बढ्यो विद्युतिय कारोबार, कुनबाट कति ?


काठमाडौं । लकडाउनका कारण सहजै रुपमा आवजजावतको अवस्था नहुँदा विद्युतिय कारोबार उल्लेख्य मात्रामा बढेको थियो। सोही अवस्थालाई मध्यनजर गदै अन्तरबैंक एटीएम कारोबार समेत निशूल्क बनाइएको थियो ।

जसपश्चात विद्युतीय भुक्तानीका माध्यममार्फत् हुने कारोबार एकाएक बढ्न थालेको हो । पछिल्लो एक महिनामै करिब ६ खर्ब रुपैयाँले विद्युतिय कारोबार बढेको छ ।

मंसिर महिनामा भएको विद्युतीय भुक्तानीमार्फत् भएका कारोबारको तुलनामा पुष महिनामा २४.९० प्रतिशत अर्थात् ५ खर्ब ९१ अर्ब ८३ करोड रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार पुष महिनामा विद्युतीय भुक्तानीका माध्यममार्फत् कुल २९ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत मंसिर महिनामा विद्युतीय भुक्तानीका माध्यममार्फत २३ खर्ब ७७ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्श, पीओएस, क्यूआरकोड, डेविट कार्ड, क्रेडिटकाड, प्रिपेड कार्ड, शाखारहित बैकिङ र वालेटमार्फत् भएको कारोबार हो ।

तर मंसिर महिनाको तुलनामा पुषमा पीओएस, क्यूआरकोर्ड र क्रेडिट कार्डमार्फत् हुने कारोबार भने घटेको छ । गत मंसिर महिनामा क्रेडिट कार्डमार्फत् १ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा पुस महिानामा २४ करोड ५० लाख रुपैयाँले घटेर ९५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

साथै, मंसिर महिनाको भन्दा पीओएसमार्फत् हुने कारोबार ५ करोड २० लाख रुपैयाँले घटेर ३ अर्ब ५ करोड ३० लाख रुपैयाँ र क्यूआरकोर्डको कारोबार १ करोड १० लाख रुपैयाँले घटेर १ अर्ब २४ करोड ५० लाख रुपैयाँमा पुस महिनामा सीमित भएको छ ।

गत मंसिर महिनाको भन्दा पुस महिनामा आरटीजीएसबाट ३ खर्ब ७९ अर्ब १७ करोड रुपैयाँले बढेर १६ खर्ब ८४ अर्ब ३ करोड रुपैयाँ र एटीएमबाट २ अर्ब ५१ करोड रुपैयाँले बढेर ५८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

साथै, सो अवधिमा इसीसीमार्फत हुने कारोबार १ खर्ब ४९ अर्ब ९८ करोड रुपैयाँले बढेर ७ खर्ब ६२ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

मंसिर महिनाको भन्दा पुस महिनामा आइपीएसबाट ४१ अर्ब ९४ करोड रुपैयाँले बढेर २ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ र कनेक्ट आइपीएसबाट १० अर्ब ७६ करोड रुपैयाँले बढेर १ खर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

साथै, सो अवधिमा डेविट कार्डबाट २ अर्ब ७६ करोड रुपैयाँले बढेर ६ अर्ब ६० करोड रुपैयाँ र प्रिपेड कार्डबाट २ करोड रुपैयाँले बढेर १० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

यस्तै, मंसिर महिनामा भएको कारोबारभन्दा पुस महिनामा मोबाइल बैंकिङबाट २ अर्ब ८६ करोड रुपैयाँले बढेर ३३ अर्ब १५ करोड रुपैयाँ, इन्टरनेट बैंकिङबाट १ अर्ब २९ करोड रुपैयाँले बढेर ८ अर्ब ५० करोड रुपैयाँ र शाखारहित बैकिङबाट ६ करोड ७० लाख रुपैयाँले बढेर १ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

साथै सो अवधिमा इ–कमर्स मार्फत् ८ करोड रुपैयाँले कारोबार बढेर ८४ करोड ३० लाख रुपैयाँ र वालेमार्फत् ६६ करोड ९० लाख रुपैयाँले कारोबार बढेर ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

Nabintech