• १६ चैत्र २०८०, शुक्रबार
२७ वाणिज्य बैंकः कुनले कति दिदैछन बचतकर्तालाई ब्याज ?


काठमाडौं । कोरोनाका कारण लामो समयको लकडाउन तथा निषेधाज्ञाले कारण अर्थतन्त्रमा असर पर्यो ।

व्यापार व्यवसाय उद्योगधन्दा ठप्प भए । जसबाट बैंक वित्त कम्पनी समेत अछुते रहेनन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् ।

बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर घटाइरहेका छन् । अधिकाशं बैंकले निक्षेपको न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

कुन बाणिज्य बैंकहरुले बचतकर्तालाई कति व्याज दिइरहेका छन ।

नबिल बैंकले बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ । त्यस्तै, कृषि विकास बैंकले न्यूनतम ३.५० प्रतिशतदेखि ५ प्रतिशत, बैंक अफ काठमाण्डूले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशत, सिभिल बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छन ।

त्यस्तै, एभरेष्ट, हिमालयन, कुमारी, लक्ष्मी, माछापुच्छे«, मेगा, इन्भेष्टमेन्ट, प्रभु, सानिमा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड र ग्लोबल आईएमई बैंकले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छन् ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत, नेपाल बैंक लिमिटेडले न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशत, नेपाल एसबीआई बैंकले न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३ प्रतिशत, एनआइसी एशिया बैंकले न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशत, एनएमबी बैंकले न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशत , प्राइम कर्मशियल बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत र सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेका छन।

Nabintech