नेप्सेले गर्यो एकैसाथ विकास बैंकसहित ११ कम्पनीको शेयर कारोबार रोक्का


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ले सोमबार एकैसाथ १० कम्पनीको कारोबार रोक्का गरेको छ ।

नेप्सेले सोमबारसूचना जारी गर्दै ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, दुई माइक्रोफाइनान्स र एक विकास बैंकको गरी ११ कम्पनीको कारोबार रोक्का गरेको हो ।

नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथरपावर, राद्यी विद्युत, रैराङ र युनियन हाइड्रोगरी ७ जलविद्युत कम्पनीको कारोबार रोक्का गरेको हो । यस्तै गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने आव २०७५/७६ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।

 

Nabintech