• १४ बैशाख २०८१, शुक्रबार
प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा


काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

Nabintech