• १४ बैशाख २०८१, शुक्रबार
२७ वाणिज्य बैंकः नाफामा बढाउन कुन बैंक सबैभन्दा अब्बल ?


काठमाडौं । यतिबेला २७ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/८८को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक विवरणका अनुसार १० वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी २०को नाफा घटेको छ । बैंकहरुको स्प्रेडदर कटौती, कोरोनाको प्रभाव लगायतका कारण नाफा घटेको हो ।

कोरोनाका कारण यसबीचमा ठूला परियोजनामा कर्जा प्रवाह हुन सकेको छैन । वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ । यसको असर पनि केही हदसम्म वित्तीय विवरणमा परेको देखिन्छ । केन्द्रीय बैंकको निर्देशन अनुसार स्प्रेडदर कटौतीले पनि मुनाफा प्रभावित भएको बैंकर्सहरुको भनाई छ । कतिपय कर्जामा प्रोभिजन पनि बढाउनु परेको अवस्था छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको नाफा ३७.३२५ ले बढेर २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

यसको चुक्ता पुँजी पनि सबैभन्दा बढी छ । यस्तै, २ अर्बभन्दा धेरै नाफा कमाउनेमा नबिल र एनआईसी एसिया बैंक पनि रहेका छन् । सबैभन्दा धेरै मुनाफा बढाउनेमा कुमारी बैंक रहेको छ । यसको नाफा ५१.४९५ ले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा १० बैंकको नाफा बढेको छ भने १६ बैंकको घटेको छ ।

नाफा बढेका बैंकहरु

मेगा बैंकको नाफा भने बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९५ करोड २ लाख नाफा कमाएको थियो ।

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामान्य रुपले नाफामा बढेको छ । दोस्रो त्रैमासम्म बैंकले ९४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्राइम कमर्शियल बैंक लिमिटेडको नाफा भने बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.४० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड नाफा कमाएको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड नाफा कमाएको थियो।

एनआईसी एशिया बैंक लिमिटेडको नाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड नाफा कमाएको थियो ।

एनएमबि बैंक लिमिटेडको नाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९ करोड नाफा कमाएको थियो ।

कुमारी बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड नाफा आर्जन गरेको छ । बैंकले गतबर्ष यही समयमा तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत नाफा बढाएको हो ।

सिटिजन्स इन्टरनेशनल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ करोड ५१ लाख नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही समयमा ६८ करोड ७७ लाख नाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा आर्थिक वर्ष २७ प्रतिशतले बढी हो ।

नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ९४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रभु बैंक लिमिटेडले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा घटेका बैंकहरु

सानिमा बैंक लिमिटेडको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हिमालयन बैंक लिमिटेडको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.५० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७४ करोड नाफा कमाएको थियो ।

नविल बैंक लिमिटेडको नाफा पनि घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड नाफा कमाएको थियो।

एभरेष्ट बैंक लिमिटेडको धेरै अन्तरमा नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड नाफा कमाएको थियो।

कृषि विकास बैंक लिमिटेडको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३२ रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड नाफा कमाएको थियो ।

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको पनि ज्यादै धेरै नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ७२ करोड ७६करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड नाफा कमाएको थियो ।

एसबिआई बैंकको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ५१ करोड ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७ लाख नाफा कमाएको थियो ।

नेपाल क्रेडिड एण्ड कर्मसको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ६१ करोड ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७५ करोड ६३ लाख नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैंकको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ८० करोड २७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड १८ लाख नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ९१ करोड ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड नाफा कमाएको थियो ।

लक्ष्मी बैंकको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ८० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ३० लाख नाफा कमाएको थियो ।

सिभिल बैंकको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६२ लाख नाफा कमाएको थियो ।

बैंक अफ काठमान्डूको नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ७० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ करोड ३८ लाख नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ६६ करोड नाफा गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ४.७७ प्रतिशतले कमी हो ।

नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार बैंकको नाफा घटेको छ। पुष मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सेञ्चुरी बैंक नाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ४६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड २ लाख नाफा कमाएको थियो ।

Nabintech