आज नेप्सेमा यी पाँच कम्पनीले गरे सर्वाधिक कारोबार


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।

आज नेप्सेमा ४८.७४ अंकले बढेर २५ सय २४ विन्दूमा सिमित भएको हो । नेप्सेले नयाँ रेकर्ड कायम गर्दा यी पाँच कम्पनीले सर्वाधिक कारोबार गरेका छन् । आज नेप्सेमा सर्वाधिक कारोबार गर्नेमा हिमालयन डिष्टलरी रहेको छ ।

कम्पनीले ५३ करोड बढिको कारोबार गरेको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, छिमेक लघुवित्तले नेप्सेमा सर्वाधिक कारोबार गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड, शिखर इन्स्योरेन्स ३१ करोड, ग्लोबल आइएमई बैंक २९ करोड, छिमेक लघुवित्तले २६ करोडको कारोबार गरेका हुन् ।

Nabintech