ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा ८ लाख बढी आवेदन, माग कति ?


काठमाडौं ।  ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ आइतबार साँझसम्ममा ८ लाख बढि आवेदन परेको छ।

कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९ हजार ५६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको तुलनामा ४.५४ गुणा धेरै हो। कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत माघ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

Nabintech