• १४ बैशाख २०८१, शुक्रबार
३६ हजार बढिले बुझे ३ अर्ब ५५ लाख कोरोना बीमा दाबी भुक्तानी


काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरुमा बीमा गराएको ३५ हजार बढिले ३ अर्ब ५५ करोड रुपैयाँ बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ २३ गते शुक्रबारसम्म ३६ हजार ५६९ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् ।

यस अवधिमा ३६ हजार ५६९ जना बीमितलाई ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ । समितिका अनुसार माघ २३ गतेसम्म कारोना बीमामा ६५ हजार ५१९ वटा दाबी परेका छन् ।

ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३५५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ४ हजार ८७३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार सात हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ५९६ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ३६५ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ५५४ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

Nabintech