प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस नगरी वैठक स्थगित


काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविशवासको प्रस्ताव दर्ता नै नभइ वैठक स्थगित भएको छ ।

नेकपा (ओली समूह मुख्यमन्त्री शेरधन राई समूह)ले नियमापत्ति जनाएपछि बैठक दुई मिनेट बसेर आगामी ९ फागुनसम्मका लागि स्थगित भएको हो ।

दिउँसो दुई बजेका बोलाइएको बैठक दिउँसो तीन बजेर ५२ मिनेटमा सुरु भएर जम्मा दुई मिनेट चलेको थियो । मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची भए पनि पेस हुन सकेन ।

यसअघि झन्डै पाँच घन्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटे पनि बैठक सुरु भएको थियो । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–माधव समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडानमा राखेका थिए । विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका थिए ।

Nabintech