नेकपाभित्र देखिएको विवादबारे छिट्टै श्वेतपत्र जारी गछौं: प्रचण्ड


काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कसरी संविधानको रक्षा गर्ने भन्ने चिन्ताका साथ लागिपरेका बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया पहिलेदेखि नै नभएको भन्दै बीचमा सुध्रिएको ठानिएपनि घटनाक्रमले सच्चिएको नपाइएको बताए । शनिबार मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले ओलीको पक्षमा पार्टीदेखि संसदसम्म कहिँकतै पनि बहुमत नरहेको भन्दै अल्पमतमा रहेपनि उनले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेको जिकिर गरे ।
कुनैपनि हालतमा ओलीको प्रतिगामी कदम फिर्ता हुनुपर्ने भन्दै प्रचण्डले प्रजातन्त्र भनेको बहुमतको शासन भएको पनि बताए । अल्पमतमा रहेका ओलीले लोकतन्त्रको हत्या गरेको प्रचण्डको भनाइ छ । ‘यो सत्य र असन्त्य, अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो’, प्रचण्डको भनाइ छ ।
उनले ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा अहिले गल्ती महसुस भएको भन्दै आफूहरु गम्भीर आत्मसमीक्षातिर रहेको बताए । ‘यो प्रवृत्तिलाई बेलैमा रोक्न किन सकिएन रु हामी आत्मसमीक्षा गर्छौं । आफ्नै पार्टीको अध्यक्ष र आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्रीले झण्डै ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिलाई एकैपटक घनले हानेपछि हामी मर्माहत भएका छौं’, प्रचण्डले बताए । यो पृष्ठभूमिमा कतिपयले किन झगडा गरेको भनेर प्रश्न गर्दा मुटु झियाछिया हुने गरेको पनि प्रचण्डको भनाइ छ ।

्नले एकतालगत्तै ओलीसँग विभिन्न मतमतान्तर देखिएको खुलासा गर्दै त्यतिबेला नीति तथा कार्यक्रम र बजेट ल्याउँदा समेत पार्टीसँग कुनै छलफल नगरी घोषणापत्र विपरित जाने काम भएको बताए ।
प्रचण्डले पार्टीभित्रको विवादको विषयमा श्वेतपत्र जारी गर्ने बताउँदै यसका लागि छलफल भइरहेको पनि जानकारी दिए ।

Nabintech