गोर्खा एसोसियसनका अध्यक्ष शाहीद्धारा ५० हजार सहयोग हस्तान्तरण


काठमाडौं । रोजगारीको सिलसिलामा भारतको तमिलनाडु राज्यमा गएका नेपालीहरुले स्थापना गरेको गोर्खा एसोसियसनले नेपालका विभिन्न परियोजनाका लागि ५० हजार सहयोग गरेको छ ।
बिहिबार चर्चित कार्यक्रम इन्देणीका कार्यक्रम सञ्चालक कृष्ण प्रसाद कँडेललाई परियोजनालाई सहयोगका लागि रकम हस्तानतरण गरीएको सरोज बहादुर शाहीले बताउनुभयो ।

शाहीका अनुसार अन्तराष्टिय क्रिकेट रगंशाला भरतपुरलाई २० हजार, राष्टिय आविश्कार केन्द्रका डा.महाविर पुनलाई १० हजार,गरिव, दुखी असायलाई १० हजार र कार्यक्रम इन्देणी टिमलाई १० हजार गरी नगत ५० हजार हस्तान्तरण गरीएको शाहीले बताउनुयो ।

नेपालबाट भारतको तमिलनाडु राज्यमा रोजगारी गरी नेपालको विकास निर्माणका साथै सामाजिक कार्यमा यौगदान पुर्याउनका  लागि उक्त रकम हस्तान्तरण गरीएको गोर्खा एसोसियसन नागरकोईल तामिललडुका अध्यक्ष अध्यक्ष कमल बहादुर शाहीले बताउनुभयो ।

Nabintech