• १५ चैत्र २०८०, बिहीबार
बन्द सफल पार्न  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सडकमा धर्ना बसे


काठमाडौं । नेपाल बन्द सफल पार्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकमा निस्केका छन् । नीहरुले प्रदर्शनका लागि कोटेश्वरमा भेला भएका कार्यकर्तालाई बन्द सफल पार्न निर्देशन दिएका छन् ।

प्रचण्ड सातदोबाटोबाट कोटेश्वर आएका हुन् । जहाँ माधव नेपाल पनि मिसिएका छन् ।

आमहड्ताल सफल पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सडकमा धर्ना बसेका छन् ।

पुल्चोकको लबिम मलअगाडि प्रचण्ड, पम्फा भुसाललगायत नेताहरू सडकमै बसेका हुन् । उनीहरूको अगाडि सडकमा दालमोठ-चिउरा र पानी राखिएको छ ।
निवास खुमलटारबाट सातदोबाटो आइ प्रदर्शनमा सहभागी भएका प्रचण्ड त्यहाँबाट पुल्चोक आएका हुन् । पुल्चोकमा केहीबेर बसेर प्रचण्ड अर्को ठाउँको प्रदर्शनमा सहभागी हुन त्यहाँबाट हिँडेका छन् ।

संवैधानिक परिषद्को सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

नवनियुक्त पदाधिकारीहरूले बुधवार नै शपथ लिएपछि नेकपा प्रचण्ड-नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

Nabintech