• १४ बैशाख २०८१, शुक्रबार
अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ


काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रकाउ गरेको छ ।

कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता-कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता(कार्यकर्ताहरु सडकमा आएकोबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

Nabintech