• १४ बैशाख २०८१, शुक्रबार
सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सरकारले तोक्यो ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्ष र सदस्य (सूचीसहित)


काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली हुनुहुन्छ । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउनुहुने छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्यहरु सबै सोही जिल्लाका नेकपा नेताहरु आयोगको अध्यक्ष र सदस्यमा नियुक्त भएका छने । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझ राजपत्रमा प्रकाशित भएको छ ।

 

Nabintech