• १४ बैशाख २०८१, शुक्रबार
श्री ३ महाराज बन्‍ने ओलीको चाहना समाप्त पारेर छिट्टै नयाँ सरकार लिएर आउँछौँ:प्रचण्ड


बुटवल । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले श्री ३ महाराज बन्‍ने चाहनेहरूलाई धरासायी पार्ने चेतावनी दिएका छन् ।

समूहको बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले श्री ३ महाराज बन्‍नेहरूलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।
ओलीले संविधानको घाँटी रेट्ने काम गरेको दाहालले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीको चुट्की भरमा अन्त्य हुनेछ’, दाहालले भने, श्री ३ बन्‍ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

दाहालले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री बनेको स्मरण गर्दै अहिले सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

प्रचण्डले अब आफ्नो बाँकी जीवन देश र जनताका लागि जिउने प्रणसमेत गरे । एक अर्को प्रसंगमा उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ, अदालतले संसद पनर्स्थापना गर्दछ, तर अदालतभन्दा ठुलो जनताको अदालत हो ।’

जनताले ५ वर्षका लागि म्यान्डेट दिएको प्रतिनिधिसभाको अझै दुई वर्ष बाँकी रहेको भन्दै उनले त्यो दुई वर्षमा जनताका लागि राम्रो सरकार बन्ने आत्मविश्वास रहेको बताए ।

Nabintech