बाँके र कपिलवस्तुमा २५० मेगावाट क्षमताको सौर्य उर्जा परियोजना निर्माण हुने


काठमाडौं । बाँके र कपिलवस्तुमा २५० मेगावाट क्षमताको सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ ।

मंगलबार लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्र (एमओयू) मा भएको सहमति अनुसार उक्त क्षेत्रमा ४० मेगावाट स्टोरेज क्षमता सहितको परियोजना बनाइने भएको हो ।

सो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि राइजेन इनर्जीसँग सम्झौता भएको लगानी बोर्डले जनाएको छ । समझदारीपत्र अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगा दुवै स्थानमा १ सय २५ मेगावाटका सौर्य ऊर्जा परियोजना र २० मेगावाटका ब्याट्री स्टोरेज प्लान्ट स्थापना गरिनेछ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

लगानी बोर्ड कार्यालय मा सम्पन्न एमओयूमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ कोइङ ले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राइजेनले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत वित्तीय अध्ययन ९डीएफआर० तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनेछ ।

२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

Nabintech