• ११ बैशाख २०८१, मंगलवार
प्रचण्ड–माधव पक्षले केपी ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्यो


काठमाडौं । प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने– ‘यसअघि पार्टी अध्यक्षबाट हटाएपछि पनि उनले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएको तर त्यसको जवाफ(स्पष्टीकरण) नदिएपछि आजको स्थायी कमिटी बैठकले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।’

उनका अनुसार बैठकले पार्टी कार्यालय सचिवको जिम्मेवारी गंगालाल तुलाधर दिएको छ । उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ । ‍प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको अर्को बैठक दुई दिनपछि बस्ने भएको छ । अब बस्ने स्थायी कमिटी बैठकले अन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Nabintech