• १३ बैशाख २०८१, बिहीबार
नेपालमा माघ १५ देखि सातवटै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिने


काठमाडौं । नेपालमा आउँदो बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ ।

त्यसका लागि   आवश्यक मात्रामा खोप पठाइसकिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगेको छ । आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप पुगिसक्ने छ ।

प्रदेश नम्बर–२ मा कोल्चेन सुचारु नभएकाले त्यहाँका आठ जिल्लामा हेटौँडा र अन्यमा विराटनगरबाट खोप ढुवानी गर्ने मन्त्रालयको योजना रहेको छ ।

खोप केन्द्रको रुपमा सम्बन्धित अस्पताललाई नै तोकिएको छ । सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ ।

Nabintech