आदर्श नव युवा क्लवले साताव्यापी रक्तदान सप्ताह सम्पन्न गर्यो


काठमाडौं । दुई सय ९९ औं पृथ्वी जयन्तीको अवसरमा साताव्यापी रुपमा सञ्चालन गरीएको रक्तदान सप्ताह सोमबार सम्पन भएको छ ।

कोरोना महामारीका बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै साताव्यापी रुपमा सञ्चालन गरीएको रक्तदान सप्ताहमा १ सय ३० जना युवाहरुले रत्तदान गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।

नगरपालिका रोड स्थित फल्याटल्याण्ड परिषरमा गएको सोमबारदेखी सुरु गरीएको रक्तदान सप्ताहमा एक साता स्थानिय युवाहरुले रक्तदान गरेका थिए ।

रक्तदान सप्ताहको समापनमा धनगढी उपमहानगरपालिका उपमेयर शुशिला मिश्रा भट्टले कोराना महामारीमा अस्पतालमा भइरहेको रगत अभावलाई युवाहरुको रक्तदान अभियानले टेवा दिने बताउनुभयो । रक्तदान नै जिवनदान भएकोले मानविय कार्यमा सवै लाग्नुपर्ने उपमेयर भट्टले भनाइ राख्नुभयो ।

क्लवले विभिन्न समयमा सामाजिक तथा जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

Nabintech