• १६ चैत्र २०८०, शुक्रबार
चुनाव घोषणा गर्नु भंयकर अपराध हो भनेर कुर्लनेलाई किन चाहियो सूर्य चिह्न ? : केपी ओली

सुर्य चिन्ह्र चाहिने भए वैठकमा आउनुहोस्



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न सूर्य आफ्नो पार्टीको भएको दावी गरेका छन् । प्रचण्डलाई लक्षित गर्दै उनले आफू हालसम्म सूर्य चिह्न लिएरै चुनाव लडेको भन्दै एक पटक पनि सूर्यबाट चुनाव नलडेको व्यक्तिले दावी गर्न नसुहाउने बताए ।

ओलीले भने उहाँहरू सूर्य चिह्न दावी गर्न जानुभएछ। सूर्य चिह्न दावी गर्न जाने मान्छे कोरु जो एकपल्ट पनि सूर्य चिह्नबाट चुनाव लडेको छैन । उसले सूर्य चिह्न त मेरो हो भन्यो । हामी दर्ता गरेदेखि अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेका छौँ। त्यो हाम्रो पार्टीको चिह्न हो ।

यस्तै ओलीले प्रचण्ड र नेपाललाई आफूले जनता हँसाउँदै हिड्दा चिन्ता भएको उनले टिप्पणी गरेका छन् । सम्बोधनका क्रममा ओलीले भनेका छन्उ-हाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिड्दा चिन्ता छ । के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौँ । म बालबालिका, किशोर किशोरी, युवा, दाजुभाइ दिदीबहिनी, बा-आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।

मजदुरमा मुस्कान ल्याउन चाहन्छु । उनीहरूका आँखामा आँसु हुनु हुँदैन । उनीहरूले दुनियाँ रुवाएर । कसैको घोडा खोसेर रुवाए । कसैलाई गाडी खोसेर रुवाए । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ । रुवाउने अनेक काइदा छन् ।

मारेर, कुटेर, लुटेर पनि रुवाएको छ । अनि मैले हँसाएँ भनेर कुरा गरिराखेका छन् । जता गए पनि हँसाएर मख्ख पार्यो भनेको छ । नेपाली जनता हाँस्दा किन पीर परेको हो ?

Nabintech