कांग्रेस नेता मिनेन्द्र रिजाल नेपालगन्जमा आउँदै,बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा


 

नेपालगन्ज । नेपाली काङ्ग्रेसले शनिबार गर्न लागेको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ ।

प्रतिनिधी सभा विघटनको बिरोधमा काङ्ग्रेसले बाकेको ८ वटै स्थानीय तह लगायत देशभर प्रदर्शन गर्न लागेको हो । बाकेमा हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबिच नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलिला मैदानस्थित सरस्वती मन्दिर नजिक हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका नेता एवम पुर्बमन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्नु हुने भएको छ ।

शनिबार बिहान ११ बजे उक्त बिरोध सभा सुरु हुने नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिस्टले जानकारी दिनुभयो । यस्तै डुडुवा गाउँपालिकाको बनकट्टीमा दिउँसो आयोजित बिरोध सभालाई पनि नेता रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिनु भयो ।

कार्यकमलाई सम्बोधन गर्न नेता रिजाल शुक्रबार बेलुकी नै नेपालगन्ज आइसक्नु भएको काङ्ग्रेस बाकेका जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधी सभा विघटन गरेपछि काङ्ग्रेसले चरणबद्द रुपमा आन्दोलन गर्दै आएको छ ।

Nabintech