• ११ बैशाख २०८१, मंगलवार
बुबा बने विराट कोहली,अनुष्काले जन्माइन् छोरी


काठमाडौं । बलिउड नायिका अनुष्का शर्माले सोमबार अपरान्ह छोरीलाई जन्म दिएकी छिन् ।

उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन् । उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल मिडियामार्फत् यसबारे जानकारी दिएका हुन् ।

यसबारे जानकारी दिँदै उनले लेखे, ‘आज दिउँसो हाम्रो छोरी जन्मिएको जानकारी दिन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । तपाईंहरुको प्रेम र मंगल कामनाका लागि हामी अत्यन्त आभारी छौं ।

अनुष्का र हाम्री छोरी दुबै ठिक छौं र हामीले हाम्रो जीवनको यो नयाँ अध्याय अनुभव गर्ने मौका पायौं, यो हाम्रो सौभाग्य हो । हामीलाई आशा छ, यतिबेला तपाईंहरुले हाम्रो गोपनियताको सम्मान गरिदिनु हुनेछ ।’

Nabintech