• १५ चैत्र २०८०, बिहीबार
‘प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्छ’ :ढुंगाना


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताउनुभएको छ।

संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा ढंगानाले अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास आफूलाई रहेको बताउनुभयो ।

संसद पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संविधान र राजनीतिक दुबै पक्षबमाट हेर्नुपर्ने बताउनुभयो । संवैधानिक रुपमा हेर्दा संसद पुनस्र्थापनाको विकल्प नरहेको तर राजनीतिक रुपमा के हुन्छ भन्न नसक्ने ढुंगानाले बताउनुभयो ।

ढुंगानाले बताउनुभयो,’संविधान भनेको राजनीतिक दस्तावेज हो । त्यसैले संविधानसम्बन्धी मुद्धा राजनीतिक पनि हुन्छ । अझ, विघटनको मुद्दा त एउटा राजनीतिक पाटो हुन्छ, अर्को संवैधानिक पाटो हुन्छ । जहाँसम्म संवैधानिक पाटो छ, यो(प्रतिनिधिसभा विघटन) शतप्रतिशत संविधानसँग बाझिएको छ । जबरजस्ती विघटन गरिएको छ ।’

अहिले सर्वोच्च अदालतलाई कसले धम्क्याएको छ भन्ने पनि कम्पिटिसन भइरहेको छ । कहिले काँही त्यो कम्पिटिसनमा म पनि उत्रौं कि जस्तो लाग्छ किनभने अदालतको काम कानून बमोजिम फैसला गर्ने हो । संविधान अनुसार फैसला गर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ ।

अदालतले जनमतलाई सुन्छ, संविधान हेरेर फैसला गर्छ भन्ने विश्वास गर्न आग्रह गर्दै पूर्वसभामुख ढुंगानाले भने, ‘यदि प्रतिनिधिसभा पुनःर्थापित नहुने हो अदालत नाङ्गिने छ ‘।यो धम्की होइन । संविधानमा विघटन गर्न पाइँदैन भनेको छ । त्यसकारण सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँझाउर्नैपर्छ ।

तर राजनीतिक पक्ष म जान्दिनँ । त्यहाँ (अदालतमा)राजनीति पस्यो के हुन्छ, त्यो निश्चित छैन ।यद्यपि आफूहरुले सडक जानु नपरोस्, अदालतबाट प्रतिनिभिसभा व्यूँतिओस् भन्ने चाहेको बताउनुभयो ।

Nabintech