• ७ बैशाख २०८१, शुक्रबार
आदर्श नव युवा क्लवले सञ्चालन गर्यो साताव्यापी रक्तदान सप्ताह


काठमाडौं । दुई सय ९९ औं पृथ्वी जयन्तीको अवसरमा साताव्यापी रक्तदान सप्ताह कार्यक्रम सञ्चालन भएको छ ।

धनगढीको हसनपुरमा रहेको आदर्श नव युवा क्लवले कोरोना महामारीका बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै साताव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजन गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।

नगरपालिका रोड स्थित फल्याटल्याण्ड परिषरमा सोमबारदेखी सुरु भएको रक्तदान कार्यक्रम एक सातासम्म चल्ने अध्यक्ष खड्काले बताउनुभयो । सोमबार पहिलो दिन २५ जनाले युवाले रक्तदान गरेका छन् ।

कार्यक्रममा धनगढीका मेयर नृप वडले अस्पतालमा रगत अभाव भइरहेको बेला क्लवले रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गर्नु राम्रो भएको बताउनुभयो । एक पिन्ट रगले कसैको जिवन बचाउन सकिन्छ भने सवैले रक्तादान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्वर ५ का वडाध्यक्ष हिरा पातलीले युवाहरु सामाजिक कामका साथै रक्तदान जस्तो पवित्र काममा लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । विहान ११ बजे देखि दिउसो २ बजेसम्म रक्तदान गर्न सकिने क्लवले जनाएको छ ।

 

 

Nabintech