• १४ बैशाख २०८१, शुक्रबार
अनेरास्ववियूको केपी ओलीलाई व्यगं ‘बयलगाडामा म त लागे है अमेरिका’


धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेको विरोधमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियू कैलालीले बयलगाडा र्‍याली निकालेको छ ।

‘म त लागे है अमेरिका’ भन्दै र्‍याली निकालिएको हो । नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् ।

धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । २०६२र०६३ सालको जनआन्दोलनतामा ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए ।

Nabintech