राप्रपा नेपालको केन्दीय सहायक महामन्त्रीमा विजय तामाङ मनोनित


काठमाडौं ।राप्रपा नेपालको केन्दीय सहायक महामन्त्रीमा विजय तामाङ मनोनित हनुभएको छ ।

तामाङलाई राप्रपा केन्दीय अध्यक्ष लाक्पा तामाङले केन्दीय सहायक महामन्त्रीमा मनोनित गर्नुभएको हो । केन्दीय अध्यक्ष तामाङले राप्रपा नेपालको विधान, २०७५ बमोजिम सहायक महामन्त्रीमा विजय तामाङलाई मनोनित गरीएको बताउनुभएको छ ।

केन्दीय समितिमा मनोनयन भएपछि साहयक महामन्त्री तामाङले भन्नुभयो, आफ्नो पार्टीले तय गरेका राजनैतिक एजेण्डालाई जनतासामु पुर्याउनमा आफु केन्दीत रहनेछु । पार्टीलई केन्द्र स्तरदेखि वडा तहसम्म लानका लागि आफ्नो भूमिका रहने छ ।

विद्यार्थी समयदेखि नै राजनीतीमा सक्रिय रहनुभएका तामाङ मोरङ जिल्लाबाट राजनिती गरीरहनुभएको छ ।

राजसंस्था पुनस्र्थापना गर्नुपर्ने र वौद्धिक सनातन हिन्दु राष्ट कायम गर्नुपर्ने माग राख्दै गोरु चुनाव चिन्ह्र लिएर खोलिएको राप्रपा नेपालले देशभरीबाट पार्टीमा केन्दीय समितिमा विस्तार गरीरहेको छ ।

Nabintech