• ७ बैशाख २०८१, शुक्रबार
शैक्षिकशुल्कमा एकरुपता कायम गर्न माग गर्दै सीटीईभीटीलाई नेविसंघले बुझायो ज्ञापनपत्र


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सीटीईभीटी केन्द्रीय समन्वय समितिले ४८ घण्टे अल्टिमेटम दिँदै सीटीईभीटी केन्द्रीय कार्यालय सानोठिमीमा ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष महेन्द्रजंग शाहीको हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यार्थी हकहित र अधिकारको पक्षमा रहेर, सर्वसुलभ प्राविधिक शिक्षाको गुणस्तर उकास्नको लागि विभिन्न सीटीईभीटीका कमीकमजोरी, बेथितिलाई अन्त्य गर्न माग गरिएको छ ।

बेथिति सुधार गर्ने उद्देश्यले परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको नेविसंघका विद्यार्थी नेता विनोद शाही ठकुरीले जानकारी दिनुभयो। नेविसंघले ४८ घण्टे अल्टिमेटम सहितको मागमा विभिन्न विषयवस्तु समेटिएका छन् ।

 

Nabintech