• १४ बैशाख २०८१, शुक्रबार
हाम्रो अदालतले असली ‘चार्ली च्याप्लिन’ पत्ता लगाउँछ:प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताउनुभएको छ ।

संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गर्नुभएको हो । काठमाडौं जिल्लाका आफूनिकट कार्यकर्ताहरूको कार्यकर्ता भेलामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय को हो भन्ने छुट्याउन सर्वोच्च अदालत सक्षम रहेको बताउनुभयो ।

चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताउनुभयो । ‘चार्ली च्याप्लिनजस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको रहेछ । तर अन्तिम चारमा ऊ पुगेको रहेनछ,’ उहाँले थप भन्नुभयो,’हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन भन्ने पत्ता लगाउँछ । कुम हल्लाइ, कपालमा लगाएको जेल र जुँगाबाटै पत्ता लगाउँछ ।’

सर्वोच्च अदालत सक्षम रहेको भन्दै ओलीले आफ्नो पक्षमा फैसला आउनेमा कार्यकर्ताहरूलाई विश्वस्त पार्नुभयो । निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्नबारे प्रक्रिया अगाडि बढेको बेलामा प्रधानमन्त्री ओलीले आधिकारीकता आफूसँग रहेको बताउनुभयो ।

उहाँले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिएको तर त्यसबाट पार्टी नै उनको नभएको धारणा राखेका थियो ।

Nabintech