• १८ आश्विन २०८१, शुक्रबार
जनकपुर–जयनगर रेलवे लिकको सुरक्षा जिम्मेवारी सशस्त्रलाई


काठमाडौं । जनकपुर–जयनगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ ।

पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो ।

औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेलवे लिकको ‘क्लिप’ चोरी भएपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर लिक निर्माण भैसकेको छ । कुर्थाबाट महोत्तरीको बिजुलपुरा हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलवे लिक निर्माण जारी छ ।

निर्माण सम्पन्न भएको लिकको ६ सयभन्दा बढी क्लिप चोरी भएको सुचना आएपछि गृह मन्त्रालयले त्यहाँ सशस्त्र प्रहरी खटाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । १० दिनअघि मन्त्रिपरिषद्मा सशस्त्र खटाउनेबारे प्रस्ताव पठाइएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० चक्रबहादुर बुढाले बताउनुभयो ।

गृहको प्रस्ताव अनुसार सरकारकाले ‘क्लिप’ चोरी हुनबाट रोक्न सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ,‘सशस्त्र प्रहरी बल नेपालको मौजुदा जनशक्तिबाट सशस्त्र प्रहरी कर्मचारीहरु रेलवे सुरक्षामा खटाउन स्विकृत दिने ।’

रेलको लिकमा प्रयोग हुने क्लिपमा करिब आधा केजी फलाम हुन्छ । क्लिप चोर्नेहरुले कवाडमा सो क्लिप बेच्ने गरेको बताइएको छ ।

Nabintech