• ११ बैशाख २०८१, मंगलवार
लकडाउन र निषेधाज्ञाले ६४ जिल्लामा कांग्रेसको क्रियाशिल सदस्यता वितरणको काम प्रभावित

क्रियाशिल सदस्यता शतप्रतिशत बढाउने कुरा वैज्ञानिक नभएको दावी



काठमाडौं । कोरोना महामारी कोभिड–१९ ले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिकाअनुसार कार्य सम्पादन गर्न नसकेको हो ।

असार २२ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर पार्टीको आन्तरिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरणको समयावधि परिमार्जन गरेको थियो । विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो । तर भदौ मध्य लागिसक्दा पनि क्रियाशील सदस्यता वितरण एवम् नवीकरणको काम सम्पन्न हुन सकेको छैन ।

असार २२ गते परिमार्जित कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने अवस्थामा कांग्रेस पुगेको छ । कोरोना संक्रमण बढेसँगै देशैभरी लकडाउन र निषेधाज्ञा आदेश जारी भएका कारण ६४ जिल्लामा सदस्यता वितरण प्रभावित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

मख्यसचिव पौडेलले भन्नुभयो, निषेधाज्ञाका कारण हिडडुल नै गर्न समस्या भएका कारण पनि क्रियाशिलको काम प्रभावित भएको बताउनुभयो ।, सवै जिल्लामा क्रियाशिलको फारम त पठाइएको छ तर कहि लकडाउनकै निषेधाज्ञाका कारण वडामा भेलाले टुग्याउने काम भएकोले प्रभावित भएको हो ।

यस्तै अन्य प्रदेशमा धेरै समस्या नभएपनि विशेषगरी प्रदेश दुइ कोरोना संक्रमणका कारण अत्ति प्रभावित क्षेत्र भएकाले जिल्लाका सभापतिले क्रियाशि वितरणमा समस्या भएकोले समय थप गर्न केन्दीय कार्यलयमा ध्यानाकर्षण गराएको समेत मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।

लकडाउन खुकुलो भएसंगै केन्द्रिय पदाधिकारीको वैठक बसी क्रियाशिल वितरणको म्याद थप गर्ने वा तालिका परिमार्जन गर्ने भन्ने विषयमा छलफल हुने मुख्यसचिव पौडेको भनाइ छ ।

यस्तै समायोजनको काम पनि अधुरो रहेको छ । कवि ११ जिल्लामा समाजोजनको काम पुरै बाँकी रहेको केन्दीय पार्टी कार्यलयले जनाएको छ ।
यता संस्थापन इतर समूहले भने महाधिवेशनलाई पछाडि धकेल्नका लागि निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण, नविकरण लगायत कार्य अगाडि नबढाइएको
महामन्त्री डा.शंशाक कोइरालाले बताउनुभयो । महामन्त्री कोइरालाले, क्रियाशिल सदस्यता शतप्रतिशत बढाउने कुरा वैज्ञानिक नभएको दावी गर्नुभयो । १० लाख क्रियाशिल सदस्यता व्यवस्थापन कांग्रेसलाई व्यवस्थापन गनै समस्या हुने भनाइ राख्नुहुन्छ ।

कोइरालाले, जहाँ कम थिए त्यहा मात्रै बढाउने पर्ने धारणा राखनुभयो । यस्तै अन्य पार्टी विशेगरी राप्रपाबाट आउनुभएका सुनिल बहादुर थापा र बिजय गच्छदार समूहलाई यती। उती क्रियाशिल सदस्या दिने निर्ण पनि सहित नभएको बताउनुभयो । साच्चिकै क्रियाशिल भए नभएको जिल्लालाई नै अनुगमन गर्न दिनुपर्ने धारण समेत राख्नुभयो ।
कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम भने जारी रहेको जनाएको छ ।

Nabintech