• १४ बैशाख २०८१, शुक्रबार
कांग्रेस सभापतिमा पुनःदोहोरिने देउवाको आकांक्षमा उपसभापति निधिको उम्मेदवारीले कस्तो प्रभाव पर्ला ?


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा वर्तमान उपसभापति विमलेन्द्र निधी संस्थापन पक्षबाट सभापतिको उम्मेद्वार बन्ने दौडमा छन् ।

लामो समयदेखि पार्टी सभापति शेर बहादुर देउवाका अन्तरंग सहयोगी र विश्वास पात्रको रुपमा चिनिनु हुने उपसभापति निधीलाई संस्थापन पक्षले आफ्नो उम्मेद्वार बनाए वा उहाँ आफ्नो दाबीबाट पछि नहटे कांग्रेसभित्रको विद्यमान शक्ति संरचनामा नै उथलपुथल आउने आँकलन गर्न थालिएको छ ।

यतिबेला नेपाली कांग्रेसमा पार्टीको १४ औं महाधिवेशनको नेतृत्व हत्याउनेतर्फ लक्षित हुँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबाहेकका अन्य बेग्लाबेग्लै समूह पनि सक्रिय देखिएका छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेलसहित उपसभापति विमलेन्द्र निधी, महामन्त्री शंशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिका लागि आफ्नो दाबी सार्वजनिक गरिसकेका छन् भने पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता डा. शेखर कोइराला पनि भावी सभापतिका आकांक्षी देखिएका छन् ।
पार्टी सभापतिका विश्वासिला पात्र मानिने निधीले सभापति देउवा र आफ्नो संस्थापन खेमाका नेताहरुका माझ आफूलाई भावी सभापतिका रुपमा उभ्याउन थालेपछि निधीको चर्चा चुलिएको हो । उसो त यदि देउवाले भावी सभापतिमा आफू नउठ्ने र वैकल्पिक नेतृत्व खोज्ने मनसाय बनाउनु भयो भने उनको पहिलो रोजाइमा पर्ने नेता पनि निधी नै हुन ।

स्वभाविक उम्मेद्वारी

विमलेन्द्र निधी व्यवस्था परिवर्तनको आन्दोलनमा मधेसी समुदायबाट कांग्रेसलाई साथ दिने कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका सहयात्री महेन्द्र नारायण निधीका छोरा पनि हुन् । कांग्रेसको राजनीतिमा मधेसी मुलबाट सभापति पदका लागि तत्कालिन महामन्त्री महेन्द्रनारायण निधी स्वभाविक भएजस्तै आज उनका छोरा विमलेन्द्र पनि स्वभाविक उम्मेद्वार जस्ता देखिएका छन् ।
निधीको सभापतिमा दाबेदारी अर्को कुन कारणले पनि स्वभाविक छ भने उनी कांग्रेसको संस्थापन समूह अर्थात सभापति शेरबहादुर देउवाको समूहमा देउवा पछिका सिनियर नेता पनि हुन् । तर पार्टीमा लामो समय गिरिजाप्रसाद कोइरालाको एकछत्र हुँदा अन्यायमा पर्दै गत महाधिवेशनबाट नेतृत्वमा आउनु भएका सभापति देउवा यो पट क निधिलाई सम्भाउने प्रयत्न गरिरहेका छन् ।

निधीलाई देउवाको सुझाव छ, आफूपछिको पार्टीको नेर्तत्वमा आउने र आफूले पनि अगाडी सार्ने भनेकै तपाईलाई त हो नि ?’ संस्थापनबाट सभापतिमा पुनः दोहोरिने चाहना देउवाको छ । तर निधिको उम्मेदवारीले सबैभन्दा ठूलो धक्का चाहिँ सभापति देउवालाई नै हुने अनुमान गरिएको छ ।

सबैभन्दा धेरै निधीको चर्चा

सभापति देउवा र वरिष्ठ नेता पोडेललाई सभापतिका प्रमुख उम्मेद्वार मानिए पनि कांग्रेसमा यतिबेला सबैभन्दा अधिक चर्चा उपसभापति विमलेन्द्र निधीको भइरहेको छ । पार्टी सभापतिका विश्वासिला पात्र मानिने निधीले सभापति देउवा र आफ्नो संस्थापन खेमाका नेताहरुका माझ आफूलाई भावी सभापतिका रुपमा उभ्याउन थालेपछि निधीको चर्चा चुलिएको हो । उसो त यदि देउवाले भावी सभापतिमा आफू नउठ्ने र वैकल्पिक नेतृत्व खोज्ने मनसाय बनाउनु भयो भने उनको पहिलो रोजाइमा पर्ने नेता पनि निधी नै हुन ।
निधी नेपाली कांग्रेसको सभापति बन्न सक्ने पहिलो सम्भावना भनेकै देउवाले भावी नेतृत्वका लागि अनिच्छा देखाउनु भएमा मात्रै हो । यद्दपी त्यो सम्भावना एकदम न्यून रहेको कांग्रेस निकटस्थ विश्लेषकहरु बताइरहेका छन् । देउवाले छोड्नुभएन भने निधीले सभापति बन्नकै लागि आफूले लामो समय साथ दिएका सभापति देउवालाई छोडेर अर्को समूह रोज्दै सभापतिको उम्मेद्वार बन्नसक्ने बाटो भने जिवितै त रहन्छ तर अर्को खेमामा पनि सभापति बन्ने दौडमा लागिरहेका नेताहरु उत्तिकै भएकाले निधीले अपनाउन सक्ने यो विकल्प भने प्रभावकारी हुने छैन् ।

कांग्रेसको राजनीतिमा मधेसी मुलबाट सभापति पदका लागि तत्कालिन महामन्त्री महेन्द्रनारायण निधी स्वभाविक भएजस्तै आज उनका छोरा विमलेन्द्र पनि स्वभाविक उम्मेद्वार जस्ता देखिएका छन् ।

निधीको दुर्बल पक्ष
कांग्रेस निकट राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठी भन्छन्, ‘विद्यार्थी राजनीतिबाट २०३६ सालमैै नेविसंघको सभापति बनेका निधि महाधिवेशनबाट भन्दा पनि मनोनित भएर माथिल्लो पदमा पुगेका कारण उनको सही परिक्षा हुन सकेको छैन् । त्रिपाठी भन्छन्, ‘गुटकै फेर समातेर अहिलेको अवस्थासम्म पुग्नु निधिको दुर्बल पक्ष हो ।’

मधेसमा निधीकै कारण कांग्रेसमा गुटबन्दी मौलाएको आरोप पनि लाग्ने गरेको छ । आसन्न निर्वाचनमा भिड्दा पनि उनले गुटकै सहायता लिनुपर्ने अवस्था रहेको विश्लेषण भइरहेको छ । तर उनले यो पटकको निर्वाचनमा देउवासँग विद्रोह गर्ने सम्भावना न्यून रहेको, विद्रोह गरिहाले पनि अर्को खेमामा नगई आफ्नै समूह निर्माण गर्न सक्ने सम्भावना प्रबल छ ।

किनकी देउवाको महामन्त्री लड्दा हार्ने भय निधिमा छ । यही कारण निधीले हानु हार्नु सभापति लडेरै हाने मनासाय बनाएको पनि उनी निकटस्थहरू बताइरहेका छन् ।
निधी सभापतिका लागि अघि सरेपछि समिकरणमा फेरबदल हुनसक्ने कांग्रेस नेताहरुको विश्लेषण छ । संस्थापन समूहबाट निधीले विद्रोह गरे भने त्यसले पार्टीमा नै प्रभाव पर्ने अधिकांश नेता कार्यकर्ताको बुझाइ छ ।

Nabintech