• १३ बैशाख २०८१, बिहीबार
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण


काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ ।

शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले जानकारी दिनुभयो ।उहाँले , ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं ।’ सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताउनुभएको छ ।

Nabintech