• १६ चैत्र २०८०, शुक्रबार
हवाइ उडान र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा आउने


काठमाडौं । सरकारले अजिल्लाबाहिर र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताउनुभयो ।
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

 

Nabintech