अमर शहीद ईब्रु तिम्तिक, रक्त बीज बनेर उठ !


कविता

रक्त बीज बनेर उठ !

अमर शहीद
ईब्रु तिम्तिक !!
तिमीलाई,
फासीस्टहरुले मारेका होइनन्
गल्ती गरे तिनीहरुले
तिमी मरेकी छैनौ
तिम्रो रगतले
आह्वान गर्दैछ
रक्तबीज बनेर बोलिरहेछ !!

जाग उठ ए जिउंदा मनहरु
जाग रक्त बीज बनेर उठ
अत्यचारको सीमा नाघेको यो बेला
फासीबादलाई
समूल नष्ट गर्न
जुर्मुराएर उठ
रक्त बीज बनेर उठ !
खेर जान दिनु छैन
ईब्रूक तिम्तिकको बलिदान
संसार भरका न्याय प्रेमीहरु
सिंहनाद गरेर उठ

चकनाचूर पार्नु छ
अत्याचारका पहाडहरु
तानाशाहहरुको
अन्तिम क्रियाकर्म गर्नुछ

अन्यायको
पराराष्ठा पुगेको यो बेला
हत्याराहरुलाई
पातालमा पुर्याउन उठ !
संसारभरिका
मानवताप्रेमी मनहरु !
बस् उठ
रक्तबीज बनेर उठ !

डराउनेलाई दबाउंछ
फासिस्टले
तिमीहरु कमजोर छैनौ
ब्यूंझ ब्यूंझ
ए मुर्दा न भएका मनहरु
रक्तबीज बनेर संहार गर
दुष्टहरुलाई खतम गर
सारा सन्सारलाई
दुखको महासागरबाट पार गराउनु छ !

पापीहरुलाई
समूल नष्ट गर
ईब्रु तिम्तिक मरेकी होइन
सातौं सूर्यको डढेलो फैलिएको हो !
मर्नु हुंदैन ईब्रु तिम्तिकहरु
ज्वालामुखीको लावा बन्नु पर्छ !
कहिल्यै न निभ्ने ज्योति बन्नु पर्छ !

– सम्झना काफ्ले

Nabintech