• १६ चैत्र २०८०, शुक्रबार
सीटीईभीटीबाट सञ्चालित १८ महिने तालिम खारेज गर्ने सरकारको निर्णयप्रति नेविसंघको विरोध


काठमाडौ । नेपाल विद्यार्थी संघले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सञ्चालित १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
नेविसंघले सोमबार विज्ञप्ति जारी गरेर भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालिम बन्द गर्दा ठूलो अन्योल छाएको जनाएको छ।
सिटिभिटिबाट मान्यता प्राप्त चिकित्सा शिक्षासम्बन्धी सीएमए,एएनएम,ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसईई स्तरका कार्यक्रम सरकारले खारेज गरेको हो ।

नेविसंघले विज्ञप्तीमार्फत कोभिड १९ विरुद्धको लडाइँमा अग्रपंक्तिका रुपमा कार्यरत सीएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत विद्यार्थीलाई निरुत्साहित गर्ने काम गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा संग सम्बन्धित १२ हजार विद्यार्थी सरकाको यस्तो निर्णयबाट प्रभावित भएको जनाउनुभएको छ ।
यस्तै अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको ई–कमर्सलाई बन्द गरेर सरकार दायित्वविमुख र गैरजिम्मेवार बन्दै गएको नेविसंघको ठहर छ ।

महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौं उपत्यका तथा सम्भव हुने अन्य स्थानमा सुरक्षित तवरबाट ई–कमर्सले घरघरमा अत्यावश्यक सामान पु¥याउने प्रबन्ध गर्नुपर्ने नेविसंघको माग छ ।

Nabintech