भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु


काठमाडौं । भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार नेपालगञ्जको भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया सुरु भएको हो । भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरोपी उपचारका लागि तोकिनुभएका फोकलपर्सन डा. खगेन्द्र जंग शाहले संक्रमितलाई प्लाज्मा दिने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

प्लाज्माका लागि नेपालगन्ज उपमहानगरपालिका–१ का वडाअध्यक्ष प्रमोद रिजालले पहिलोपटक प्लाज्मा दिनुभएको हो । सल्यानको शारदा नगरपालिका वडा नं ६ का २९ बर्षीय कोरोना संक्रमित पुरुष लाई प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको डा.शाहले बताउन
भयो ।

शरिरबाट सिधै प्लाज्मा तान्ने मेसिन नहुँदा प्लाज्मा दिने व्यक्तिले रगत दिने र त्यस्बाट प्लाज्मा छुट्याउनु पर्ने अवस्था छ । ‘ब्लड बैंकमा प्लाज्मा छुट्याउने काम भइसकेपछी विरामीलाई प्लाज्मा दिएर उपचार सुरु हुनुे डा. शाहको भनाइ छ ।

Nabintech