• १३ बैशाख २०८१, बिहीबार
सर्पले डसेको छिमेकीको बच्चालाइ बचाउन खोज्दा आफैले ज्यान गुमाए !


काठमाडौं । छिमेकीको बच्चालाई सर्पले डसेपछि उद्धारमा खटिएका एक शिक्षकको बाँकेमा सडक दुर्घटनामा परि ज्यान गएको छ ।

आईतबार बिहान ३ बजे बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्जस्थित सशस्त्र प्रहरी चेक पोस्ट नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा ३३ वर्षीय शिक्षक चेवन देबकोटाको मृत्यु भएको हो ।
नेपालगन्जस्थित महाराजा माबिमा कार्यरत देबकोटाले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठा’क्किदा उहाँको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

आईतबार बिहानै आफै घरछेउमै रहेको छिमेकीको बच्चालाई विहान करिव ३ बजे सर्पले डसेको थियो । सर्पले डसेलगत्तै बालकको उपचारकालागि मोटरसाईकलमा नेपालगन्जतर्फ लैजाने क्रममा देबकोटा दुर्घटनामा गर्नुभएको हो ।  सर्पले डसेर घाईते भएका बालकको पनि उपचारकै क्रममा मृत्यु भएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले बताउनुभयो ।

Nabintech