• १४ बैशाख २०८१, शुक्रबार
देश र पार्टी सुधारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलका १० एजेन्डा


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि भन्दै दश वटा एजेन्डा अगाडि सार्नुभएको छ ।१४ औं महाधिवेशन नजिकिएका बेला नेता पौडेलले देश र पार्टी सुधारका लागि आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्नुभएको हो ।

‘मैले नारामात्र नलगाएको हो। भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु,’ फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ , ‘प्रचारको कमी हुन सक्छ।’

नेपालको वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्नेरगराउने, नेपालको उन्नतीको बाटो देखाउने, सुशासन लागू गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्रष्ट र शब्दजालबाट जनतालाई मुक्त गराउने, जनतामा देशक्तिको भावना जगाउने, संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र कांग्रेस विचार शुन्य तथा दिशाविहीन छैन भन्ने सावित गराउने पौडेलको प्रतिवद्धता छ।

Nabintech