• ११ बैशाख २०८१, मंगलवार
कोरोना महामारी नियन्त्रणमा नेपालगञ्ज उपमहानगरपालिकाले ५२ लाख खर्च गर्यो


काठमाडौ।नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

प्रकोप व्यवस्थापन कोमा एक करोड ७१ लाख ७८ हजार १४६ रुपियाँ आम्दानी भएकोमा एक करोड ५२ लाख १३ हजार ५२० रुपियाँ खर्च भएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नगर प्रमुख डा. धवलशम्शेर राणाको उपस्थितीमा उपप्रमुख मगरले खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघ संस्था लगायतले सहयोग गरेका छन् । २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५११ जनालाई दुई

करोड ५५ लाख ३४ हजार २५० रुपियाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।यस्तै नेपालगञ्ज उप–महानगरपालिकामा हालसम्म तीन हजार बढिको पिसिआर परीक्षण गरीएको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार हालसम्म तीन हजार २१५ जनाको पिसिआर परीक्षण भएको हो । यसैगरी एकहजार ८९० जनाको आरडिटी परीक्षण भएको छ । परीक्षणबाट ३६० जनामा संक्रमण देखिएकोमा २५१ जना उपचारपछि निको भई घर फिर्ता हुनुभएको छ । ३ जना जनप्रतिनिधी र २२ जना कर्मचारीमा संक्रमण भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा हालसम्म दुई हजार १९३ जना बसेका छन् । हाल ४७ जना रहेका छन् । नगरभित्रका आइसोलेसन केन्द्रको ब्यवस्थापनमा उपमहानगरपालिका लागिपरेको चन्दले बताउनुभयो । औषधी खरिद गरि नगरभित्रका सम्पूर्ण स्वास्थ्य शाखामा पठाइएको छ ।

Nabintech